चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ ।

चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई आएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ ।

यद्दपी मानविय क्षतिको बिवरण भने आएको छैन ।

यो भूकम्पको झट्का भारतसम्म महसुस गरिएको थियो ।

उइगर मुश्लिम समुदायलाई चीनले बन्दी बनाएको क्षेत्रमा भूकम्पको ठूलो धक्का लागेका कारण त्यहाँका सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।

सोही क्रममा केही व्यक्ति घाइते भएका छन् ।

दुई दिन अघि मेक्सिकोमा आएको भूकम्पमा परि ५ जनाको ज्यान गएको थियो भने भारतमा बिगत दुई महिनादेखि पटक पटक भूकम्प गइरहेको छ ।

भारतमा भारी वर्षासंगै भूकम्पको धक्का गइरहेकोले त्यहाँका जनता सशंकित बनेका छन् ।

तपाईको प्रतिक्रिया