भोजपुर / भोजपुरमा आहालमा डुबेर बालकको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका ६ वैकुण्ठे थापा टोल बस्ने प्रकाश थापाको ४ बर्षीय छोरा प्रमिश थापाको पानीमा डुबेर मृत्यु भएको हाे ।

हिजो साँझ ६ बजे घर देखी ५ मिनेटको दुरीमा खेल्दै जाने क्रममा गाई बस्तुलाई खुवाउनको लागि बनाएको पानीको आहालमा डुबेर बालकको मृत्यु भएको थियाे । बालकको मृत्यु भएपछि आफन्तले प्रहरी चौकी मानेभञ्ज्याङमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया