पालबाट भारततिर लैजाँदै गरिएको ८९ किलो गाँजासहित पर्सा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका २५ स्थित ड्राइपोर्ट बहुअरी सडकखण्डबाट बिआर २८ जी २७७० नम्बरको बलेरो गाडीसहित चार जना भारतीयलाई मंगलबार पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

राठौरका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला विसनपुर वडा नम्बर ३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, मोतिहारि जिल्ला फुलवरिया वडा नम्बर ११ का ३२ वर्षीय असलम आलम, सोही ठाउँका २८ वर्षीय इर्साद साइन र मोतिहारी सितलपाटीका ३० वर्षीय सुनिल साह छन्।

मंगलबार बिहान मकवानपुरबाट ल्याइएको उक्त गाँजा गाडी जाँच गर्ने क्रममा भेटिएको थियो।

पक्राउ परेका चारै जनाले भारत निर्यात गर्न मकवानपुरबाट गाँजा ल्याएको प्रहरीमा बताएका छन्।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया