तेह्रथुम / तेह्रथुमको छथर सुक्रबारे बजारमा परम्परादेखी लाग्दै आएको भदौ पुर्णिमा मेलाको अबसरमा आयोजित स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिताको फाईनलमा भोजपुर र धनकुटा भिड्ने भएका छन । सोमबार सम्पन्न खेलामा राप्रसाद राई गाउँपालिका भोजपुरले हतुवागढी गाउँपालिका भोजपुरलाई २०– २५,९–२५,२५–२० र २२–२५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेको छ ।

त्यस्तै अर्काे खेलमा साँगुडीगढी गाउँपालिका धनकुटाले आमचोक भोजपुरलाई २५–२१,२४–२६,२०–२५,२३–२५ र १० –१५ ले पराजित गर्दै रामप्रसाद राई गाउँपालिका सँग फाईनलको यात्रा पक्का गरेको छ । धनकुटा र भोजपुर उपाधीका लागी कडा प्रतिश्पर्धा हुने भएको छ । गत साउन ३१ गतेबाट सुरु भएको दोश्रो छथर गाँउपालिका अध्यक्ष रनिङ कपको फाईनल खेल भाद्र ३ गते दिउँसो हुने छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताए ।

“खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गरीएको हो । करिब एक साता सम्म सञ्चालन भएको प्रगियोगितामा बिजेताले नगद १ लाख १० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएको रत्नदेवी युवा सेवा समाजका .सचिव सन्तोष सुबेदीले बताए । त्यस्तै उपबिजेताले नगद ७० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएका छन । छथरलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्न थालीएको प्रतियोगितामा पुर्बका तेह्रथुम,धनकुटा,पाँचथर,भोजपुर र मोरङ जिल्लाको १४ वटा टिमको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया