दोहा- बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली चेलीको मृत्यु भएको छ ।

नुवाकोटको पन्चकन्या गाउँपलिका घर भएकी सन्जिता थिङ तामाङको शनिबार मृत्यु भएको हो ।

२६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि गरिएको उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको बताइएको छ ।

तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा कार्यरत थिइन् । शवलाई उनी कार्यरत रेष्टुरेन्टसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरेर नेपाली पठाइने मलेसियास्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया