एक किशोरीले नौ महिनादेखि आफूलाई सामूहिक बलात्कार गरेकाे भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले १५ वर्षीया यी किशोरीमाथि बलात्कार गरेको अभियोगमा मुम्बईबाट २८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर बलात्कार भइरहेको थियो । स्थानीय मिडियाकाअनुसार पहिले यी किशोरीका प्रेमीले उनलाई बलात्कार गरी उनले भिडियो समेत खिचेका थिए ।

त्यसपछि त्यही भिडियो देखाएर उनी र उनका साथीहरूले लगातार किशोरीलाई ब्ल्याकमेल गर्दै बलात्कार गरिरहे । मुम्बईका विभिन्न डोम्बीभिली, बदलापुर, मुर्वाद, राबालेलगायत विभिन्न ग्रामीण इलाकामा लगेर उनलाई बलात्कार गरिएको अधिकारीहरूले बताएका छन् ।

बुधबार राति यी किशोरीले अन्ततः प्रहरीमा यस घटनाबारे उजुरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले बलात्कार गरेको बताएकी थिइन् । बलात्कारीहरू प्रायः सबैलाई आफूले चिनेकाे युवतीकाे दाबी छ ।

तपाईको प्रतिक्रिया