सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिका पुर्व पश्चिम लोकमार्गको सडकमा केही महिना अघी प्रदेश सरकारको सडक सुशासन अन्तर्गत रहेर सडकका रुखहरु काट्ने कार्य गरिएको थियो ।

८२ फुट सडक क्लियर गर्ने नाममा सुन्दरहरैचाका विभिन्न स्थानमा उपभोक्ता समिती बनाई रुख काटिएको थियो । तर चौतर्फी विरोध हुँदै गर्दा यती खेर उक्त सडकमा अख्तियार सेमेत लागेको छ । एका तर्फ अख्तियारले उक्त सडक छानविन गर्दैछ भने एका तर्फ सडक विभागले उक्त रुख काट्ने उपभोक्ता समितिलाई जनही रु २००० विगो तिराई कार्वाही गर्ने बताएको छ ।

२ महिना नबित्दै भत्किएको सडकको अनुगमन गर्न आइपुगेका सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेले विगतको रुख काटेको बिषय जोड्दै ति सबै उपभोक्ता समितिलाई कार्वाही गरिने बताएका हुन । उनले सडकको हरेक काम गर्दा स्थानिय तहले सडक विभाग सग अनुमती लिएर मात्र गर्नु पर्ने प्रावधान रहेको छ तर  कतिपय स्थानिय तहले आफु खुशी काम गर्दा समेत विकासका काम त्यती भने जस्तो नभएको बताए ।

तपाईको प्रतिक्रिया