अफ्रिकी देश नीजेरमा सन्दिग्ध इस्लामिक विद्रोहिको एक हमलामा करीब ६९ मानिको मृत्यु भएपछि शुक्रबार दुई दिनका लागि राष्ट्रिय शोकको घोषणा गरिएको छ।

मंगलबार देशको दक्षिण पश्चिमी क्षेत्रमा मालीको नजिक सीमा भएको थियो।

सरकारका अनुसार यस हमलामा स्थानीय मेयर र आत्मरक्षाका लागि बनेको मिलिशिया गुटका नेताको ज्यान गएको थयो। हमलामा बचेका मानिसको खोजी भइरहेको छ।

अहिलेसम्म कसैलेपनि यस हमलाको जिम्मेवारी दिएको छैन। हमलापछि आक्रमणकारीहरु सीमा पार गरेर माली र उनीहरुले आफ्नो पक्षको शव लिएर गएको बीबीसीले जनाएको छ।

नीजेरको ‍गृह मन्त्रालयले मेयर बैनाबिंगुको नेतृत्वमा गइरहेको एक प्रतिनिधिमण्डलमाथि पश्चिमी तिल्लाबेरी क्षेत्रबाट ५५ किलोमिटर टाँढा एक गाउँमा आक्रमण भएको थियो।

यो क्षेत्र इस्लामिक स्टेट समूहको एक स्थानीय सहयोगी समूहसँग जोडिएको चरमपन्थीको नियन्त्रणमा रहेको छ।

नीजेरलाई माली, बुर्किनाफासो र नाइजीरियासँगै सीमामा विद्रोहीको सामना गर्न परेको छ।

एजेन्सी ।

तपाईको प्रतिक्रिया