इटहरी । सुनसरी क्षेत्रनम्बर ३ क बाट प्रदेश सांसद जितेका इटहरीका लिलम बस्नेत र नेकपाका इटहरी नेता राजकुमार गिरी झगडा देखेर नेकपा कार्यकर्ता ट्वाँ परेका छन । बस्नेत र गिरीको झगडा सार्वजनिक कार्यक्रममै छताछुल्ल भएपछि नेकपा कार्यकर्ता सँगै काग्रेस ,राप्रपाका नेताहरु सम्म तीन छक्क परे ।मंगलबार इटहरीकै सवैभन्दा ठुलो सामुदायिक विद्यालय जनता क्याम्पसको ब्यवस्थापन समितिको निर्वाचन सकिएको थियो । मत गन्न सुरु भएको थियो । राजकुमार गिरी लगायतका नेताहरु क्याम्पस अगाडि बसीरहेका थिए । लिलम बस्नेत झ्वाकीदै आए आई के भनेको रे ? के भन्न खोजेको तल्लो स्तरको गालि प्रयोग गरे पछि माहोल एकाएक तातिएको थियो ।निर्वाचनको मतपरिणाम पर्खेर बसेकाहरु पनि तीन छक्क परे । गिरी र बस्नेत भनाभन मात्र हैन धकेला धकेल नै हुन पुगेको थियो । दुई जनाको झगडा मिलाउँन सबै नेकपाका नेताहरु लागेका थिए । गत असार १४ गते उद्योग बाणिज्य संघको निर्वाचनमा पनि लिलम बस्नेतले काग्रेस कार्यकर्तालाई आमचाकडी गालि गरे पछि लिलम बस्नेत मुर्दावादको नारा लागेको थियो ।मै नेकपाका दुई नेता बीच तल्लो स्तरको गालिले विद्यालय भित्र तहल्ला मच्चिएको प्रत्यक्षदर्शी बताउँछन । नेकपा भित्रको नेतृत्व विवादले सुरु भएको दुई जना बीचको झगडा सार्वजनिक कार्यक्रममा हातहालाहालको अवस्थामा आईपुगेको देख्दा दुख लाग्यो एक नेताले भने ।इटहरीका मेयर द्धारिकलाल र रामप्रसाद चौलागाईको  झगडाले विरत्तीएको नेकपामा बस्नेत र गिरी अर्को पात्र थपिए पछि कार्यकर्तामा निराश आउँन थालेको बताउँछन । पछिल्लो केहि समय यता इटहरीमा साविक एमाले निकट गुट तल्लो स्तर सम्म आईपुगेको छ ।चुनावी परिणाम अनुसार नेकपा इटहरीका प्रभावशाली नेता तथा वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रसाद भट्टराई पराजित भएका छन् । क्याम्पस व्यवस्थापन समितिका निवर्तमान उपाध्यक्ष भट्टराईले २१९ मत मात्रै ल्याए । एमालेबाटै हराईएको भन्दै भट्टराई पक्ष पनि साविक एमाले सँगै रुष्ट बनेका छन ।

यी हुन ब्यवस्थापन समितिमा निर्वाचित सदस्यहरु
१. तिर्थराज पुराजुलीः ३४८
२. सागर सुवेदीः ३४३
३. युगप्रिय निरौलाः २४२
४. देवु निरौलाः ३३६
५. ईश्वर भट्टराईः ३३६
६. ज्योति कोइरालाः ३३१
७. आकाशहाङ सुब्बाः ३३१
८. रेवतिरमण भन्डारीः ३२३
९. शिवराज दाहालः ३१४
१०. विकास केसीः ३००
११. प्रमोद भट्टराईः २९८
१२. रेवति घिमिरेः २९१
१३. यज्ञ बहादुर कटवाल ः२४२

तपाईको प्रतिक्रिया