एक सडकमा गुडिरहेको बसमा आ’गो ला’गे’र दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आ’गो ला’गे’को थियो । दुर्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए ।

टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा बालबालिका पनि छन् । जलेर गम्भीर घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओसमनीले बसमा साप्ताहिक बिदा मनाउन गएका व्यक्ति सवार रहेको जानाकारी दिएका छन् । बस दुर्घटना भएको स्थल ‘सील’ गरिएको छ । घटनास्थल पुगेका बुल्गेरियाका गृहमन्त्री बोक्यो रास्कोभले भने, ‘मृतक सबैको शरीर जलेको छ ।’

दुर्घटनाबारे उत्तरी म्यासोडोनियाका प्रधानमन्त्री जोरान जाइभले बुल्गेरियाका प्रधानमन्त्रीसँग छलफल गरेको समाचार विवरणमा जनाइएको छ । उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीका अनुसार टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बस आ’गो ला’गे’र प’ल्टि’एको थियो ।

सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले दुर्घटनामा ज्यान गुमाउनेहरू आफ्ना नागरिक रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया