रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ। खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएको थियो। जसको कारण निसास्सिएर भित्र रहेका मजदुरहरुको मृत्यु भएको हो।

२८५ जना काम गरिरहेको लिस्टभ्यज्नाया खानीमा दुर्घटनापछि अधिकारहरु मानिसहरु भागेका थिए। अधिकारीहरुका अनुसार दुर्घटनामा परी ४९ जना घाइते भएका छन्। उनीहरुमध्ये चारजनाको अवस्था गम्भीर छ।

दुर्घटनापछि खानीमा ठूलो मात्रामा मिथेन ग्यास निस्किएसँगै अहिले उद्धार कार्य रोकिएको अधिकारीहरुले बताएका छन्। यसबाट खानीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ । एजेन्सी ।

तपाईको प्रतिक्रिया