नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।  यस्तै तेजावी सुन प्रतितोला  ९१ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ कम भएर एक हजार २०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया