तान्जानियाको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको छ।

मृतकमध्ये एक जना तीनवर्षे बच्चा पनि भएको बताइएको छ। विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्।

तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। तर अधिकारीहरूले अहिले त्यसमा प्रतिबन्ध लगाएका छन्।

कछुवाको मासु विषाक्त हुने घटनालाई दुर्लभ मानिन्छ। तर कहिलेकाहीँ ‘क्लेनोनिटक्सिजम’ का कारण कछुवाको मासु विषालु बनिदिन्छ।

स्पष्ट कारण थाहा नभए पनि कछुवाले खाने विषालु लेउका कारण त्यसो हुन सक्ने टर्टल फाउन्डेशन नामक संस्थाले जनाएको छ।

अर्धस्वायत्त जन्जिबार द्वीप क्षेत्रमा पर्ने पेम्बाका पाँच परिवारले बिहीवार कछुवाको मासु खाएको स्थानीय प्रहरी अधिकारीले बीबीसीलाई बताएका छन्।

तपाईको प्रतिक्रिया