भारतमा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन बढेकाे र यसका कारण आगामी वर्षकाे फेब्रुवरीसम्म तेस्राे लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नाेलाेजीका वैज्ञानिक महिन्द्र अग्रवालले आगामी फेब्रुवरीसम्म दैनिक काेभिड संक्रमितकाे संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।

‘भारत सामान्य अवस्थामा फर्किरहेका बेला ओमिक्राेनका बिरामी देखिनु ठूलाे धक्का हाे । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्राे लहरकाे जाेखिममा पर्नेछाैं ,’ अग्रवालले भने । ओमिक्राेन भेरयन्ट डेल्टाजस्ताे खतरा नभएकाे पनि उनले बताए । ओमिक्राेन चाँडै सर्ने भए पनि जाेखिम भने कम भएकाे उनकाे भनाइ छ ।

त्यस्तै,भारतीय मेडिकल एसाेसियसन (आईएमए) ले नयाँ भेरियन्टसँगै भारतमा तेस्राे लहर आउने चेतावनी दिएकाे छ । तर, दाेस्राे लहर जस्ताे तेस्राे लहर घातक नहुने आईएमएले जनाएकाे छ ।

भारतमा २१ जनामा अ‌ाेमिक्राेन भेरियन्ट देखिएकाे छ । राजस्थानमा नाै, महाराष्ट्रमा अ‍ाठ, कर्नाटकमा दुई जनामा, गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे हाे । दक्षिण काेरियाबाट आएका र उनीहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे हाे । अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्राेन देखिएकाे छ ।

एजेन्सी

तपाईको प्रतिक्रिया