नाइजेरियाको नाइजर प्रान्तमा बन्दुकधारीले एक मस्जिदमा प्रवेश गरि १६ जनाको गोली हानी हत्या गरेका छन्।

प्रान्तको मशेगु क्षेत्रको बारे गाउँमा भएको यस घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएका बीबीसीले जनाएको छ।

नाइजर प्रान्तका सरकारी अधिकारीका अनुसार बन्दुकधारीले बिहानको नमाज पढिरहेका मानिसमाथि गोली चलाएका थिए।

बन्दुकधारी मोटरसाइकलमा सवार थिए र उनले आउने क्रममा बाटोमा पनि एक जनाको गोली हानी हत्या गरेका समाचारमा जनाइएको छ।

तपाईको प्रतिक्रिया