ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा दश पुगेको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूले ब्राजिलमा गएको ६ दिनदेखिको बाढीका कारण कम्तीमा पनि दश जनाको ज्यान गएको र अरू केही व्यक्ति हराएको बताएका छन् ।

प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बाढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ ।

यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण ६ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्‍याइरहेका बताइएको छ ।यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया