हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकरमा भएको विष्फोटमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार तेल बोकेको ट्यांकर क्याप–हाइटियन सहरमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेसँगै मानिसहरुले ट्यांकरबाट चुहिएको तेल थाप्न थालेका थिए। सोही क्रममा ट्यांकरमा विष्फोट भएको हो।

प्रत्यक्षदर्शीका अनुसार ट्यांकरको बाटोमा आएको मोटरसाइकललाई बचाउन खोज्दा ट्यांकर दुर्घटनामा परेको थियो। पछिल्लो समय हाइटीमा इन्धन संकट देखिएको छ। त्यसैले मानिसहरु दुर्घटनाग्रस्त ट्यांकरमा इन्धन भर्न पुगेका हुन्।

विष्फोटको कारण नजिकैको घर, पसल, मोटरसाइकल र कार पनि ध्वस्त भएका छन्। यो विष्फोटपछि अहिले घाइतेलाई अस्पताल पुर्‍याउने काम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

हाइटीका प्रधानमन्त्री एरियन हेनरीले यो दुर्घटनापछि मुलुकमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया