हङकङको ३८ तले वर्ल्ड ट्रेड सेन्टरमा  बुधबार दिउँसो आगलागी भएको छ।

साउथ चाइना मर्निङ  पोस्टका अनुसार इलेक्ट्रिकल स्विच रूमबाट सुरू भएको आगलागीले भवनभरि धुँवा फैलिएको छ।

उक्त भवनको पार्किङ र केही तलामा पुनर्निर्माणको काम भइरहेको थियो। बुधबार दिउँसोको खाना खाने बेलामा आगलागी भएको हो।

अहिलेसम्म १२ सयभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ भने १३ जना घाइते भएका छन्। तीमध्ये केहीलाई अस्पताल भर्ना गरिएको छ।

तलबाट धुँवा आउन थालेपछि मानिसहरू भवनको छतमा गएका थिए। उनीहरूलाई अग्नि नियन्त्रकहरूले भर्‍याङको प्रयोग गरेर उद्धार गरेका थिए।

अधिकारीहरूले अहिले आगो नियन्त्रणमा आइसकेको बताएका छन्।

तपाईको प्रतिक्रिया