नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार बढेर ९३ हजारमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार हुने छ ।

तपाईको प्रतिक्रिया