भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन केरलादेखि जम्मू कश्मीरसम्म १४ राज्यमा पुगेको छ ।

पछिल्लो पटक मंगलबार कश्मीरमा ३ संंक्रमित फेला परेका छन् । मुम्बईमा सबैभन्दा धेरै ओमिक्रोनका संक्रमित फेला परेका छन् । हालसम्म मुम्बईमा मात्र ६५ जनामा कोरोनाको नयाँ संस्करणको संक्रमण देखिएको छ । त्यसैगरी दिल्लीमा संक्रमित हुनेको संख्या ५४ पुगेको छ भने त्यसमध्ये ३४ जनाकोे उपचार भइरहेको छ ।

कर्नाटन, केरला, राजस्थान, तेलंगाना लगायत १४ राज्यमा संक्रमित फेला परेका छन् । ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भारतमा तीव्र गतिमा बढिरहेको छ ।
त्यहाँका स्वास्थ्य संस्थाहरुलाई उदृतगर्दै भारतीय संञ्चार माध्यमहरुले जनाएअनुसार हाल भारतमा २२० जना भन्दा बढी ओमिक्रोन संक्रमित फेला परेका छन् ।

यसमा कोरोना संक्रमण रोक्न भारतको केन्द्र सरकारले सबै राज्यमा पत्र मार्फत निर्देशन दिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले लेखेको पत्रमा परीक्षण र निगरानी बढाउन, रातमा कर्फ्यू लगाउने, ठूला जमघटमा प्रतिबन्ध लगाउने सुझाव दिइएको छ ।

यस्तै केन्द्र सरकारले संक्रमित बढ्दै गएका राज्यमा अस्पतालमा सुविधा बढाउन आवश्यक कदम चाल्न सुझाव दिइएको छ ।   एजेन्सी ।

तपाईको प्रतिक्रिया