२५० भन्दा धेरै कुकुरको ज्यान लिएको आरोपमा दुई बाँदर पक्राउ परेका छन् । आफ्नो एक बच्चा मारेको बद्ला लिन बाँदरहरुले उक्त संख्यामा कुकुर मारेका हुन् । भारत, महाराष्ट्र राज्यमा सो घटना भएको हो ।त्यहाँस्थित नागपुर वन विभागको टोलीले शनिबार महाराष्ट्रमा २५० कुकुरको ज्यान लिने अभियोगमा संलग्न दुई बाँदरलाई पक्राउ गरेको हो ।

दुवै बाँदरलाई नियन्त्रणमा लिएर नागपुरको जङ्गलमा छाडिएको वन अधिकृत सचिन काण्डले जानकारी दिनुभयो ।बाँदर र कुकुरबीच ‘लडाईँ’ चलिरहेको थियो, जसकारण त्यहाँका जनतामा त्रास फैलिएको थियो ।यो ‘ग्याङ वार’ मा एक बाँदरसहित २५० कुकुरले ज्यान गुमाउनु परेको छ । पहिले बाँदरका छोराछोरीलाई कुकुरले मारेको गाउँले बताउँछन् । त्यसपछि उनीहरुबीच ‘ग्याङ वार’ सुरु भयो ।पछिल्लो तीन महिनामा बाँदरले धेरै कुकुरका बच्चा मारेको बताइएको छ । कुकुर र बाँदरबीचको झगडाले गाउँभर त्रासको वातावरण बनेको थियो । अहिले दुवै बाँदर नियन्त्रणमा आएपछि गाउँलेले राहत पाएका छन् ।

पाँच हजार जनसङ्ख्या भएको त्यस गाउँका बासिन्दा बाँदरको त्रासबाट निकै त्रसित थिए । बाँदरले सडकमा हिड्ने मानिसलाई पटकपटक झम्टिएको उनीहरुले बताएका छन् ।बाँदरको बथान अक्सर कुकुरका बच्चाहरूको खोजीमा लाग्थ्यो । बाँदरले कुकुर देखेपछि उठाएर आफूसँगै राख्थे ।धेरै कुकुरहरूलाई रुख वा घरको छतमा लगेर फ्याक्ने गरिएको थियो । धेरै त चोटपटक र भोक र तिर्खाले मरेको बताइन्छ । यस विषयमा वन विभागले घटनास्थलमा छानबिनका लागि टोली पठाइएको छ ।

तपाईको प्रतिक्रिया