बङ्गलादेश प्रहरीले सोमबार आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ ।
कूल ४२० जना मानिसलाई मात्र बोक्ने क्षमताको जहाजमा भारबहन क्षमताभन्दा अत्यधिक बढी यात्रु राखिएको र तीन तले उक्त जहाजबाट सुगान्धा नदीमा हामफाल्नुपरेको डरलाग्दो कथाहरू सुनाउँदै दोषी उपर कारबाहीको माग घटनामा बाँच्न सफल यात्रुहरूले गरेका छन् ।
मृतकमध्ये अधिकांश जहाजभित्र जलेर र निस्सासिएर मरेका थिए भने केही भाग्न खोज्दा पानीमा डुबको उनीहरूले बताएका छन् ।
पानीजहाजका मालिक हुम जलाल शेखलाई सोमबार पक्राउ गरिएको प्रहरी प्रवक्ताले सञ्चारकर्मीहरूलाई बताउनुभयो ।
ओबिजान–१० का क्याप्टेन र चालक दलसहित आठ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको एक दिनपछि जहाजका मालिकलाई पक्राउ गरिएको हो ।
समुद्री प्रहरी अधिकारी महबुबुर रहमानले उक्त जहाजमा पानीको गहिराइमा रहेको समय दुर्घटनाको सामना गर्न पर्याप्त अग्नि नियन्त्रक र साधनहरू नभएको बताउनुभयो ।
उहाँले एएफपीलाई भन्नुभयो, “हामीले बाँचेकाहरुसँग कुरा ग¥यौं र उनीहरूले क्याप्टेनले जहाजको इन्जिन कोठामा आगलागी भएको झण्डै एक घण्टापछि मात्र जहाजलाई नदी किनारमा अवतरण गरेका थिए ।”
“यदि तिनीहरूले डुङ्गा लाई रोकेर तुरुन्तै लङ्गर लगाएको भए, यसले यी सबै बहुमूल्य जीवन बचाउन सक्थ्यो।”
बङ्गलादेशका विशेषज्ञहरूले मर्मत–सम्भारको कमी, सुरक्षा स्तर वेवास्था र समुद्री यात्रामा राखिएको अत्यधिक सङ्ख्या दुर्घटनाको कारण हुनसक्ने बताएका छन् ।
यस पहिले गत अगस्त महिनामा यात्रुहरूले भरिएको एउटा यात्रुबहाक बालुवाले भरिएको मालवाहक जहाजसँग ठक्कर खाँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको थियो ।























