मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रूपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएकोमा आज १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया