बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन्।

पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन्।

यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका हुुन्। बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो।

पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ। पछिल्लो समयमा कोभिडबाट युरोप नराम्रोसँग प्रभावित छ।

तपाईको प्रतिक्रिया