नेपाली बजारमा मगंलबार सुनको मूल्य घटेको छ ।

छापावाला सुन तोलामा ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।

तपाईको प्रतिक्रिया