एयर मरिससको विमानको शौचालयमा फोहोर फाल्ने भाँडो (रविश विन)मा एक नवजात शिशु फेला पारेका छन् । एयर मरिशशको उक्त विमान १ जनवरीमा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो ।

बच्चा जन्माएर फोहोर फाल्ने भाँडोमा फालेको आशङ्कामा म्याडग्यास्करकी २० वर्षीया एक युवतीलाई पक्राउ गरिएको छ । विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए ।

त्यसपछि उनीहरूल उक्ते शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पु¥याएका थिए । बीबीसीका अनुसार पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेपनि चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको छ ।

उक्त महिलालाई प्रहरीको निगरानीमा अस्पतालमै राखिएको छ, भने अहिले शिशु र उनकाको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिशश पुगेकी मालागासी उक्त महिलासँग अस्पतालबाट डिस्चार्जपछि थप सोधपुछ गरिने बताइएको छ । एजेन्सी ।

तपाईको प्रतिक्रिया