नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया