बुधबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।

सुन आज प्रति तोलामा ६०० रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य पनि प्रति तोला ५ रुपैयाँले बढी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया