इराकका एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने बृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीया वृद्धालाई उनले यौन दुर्व्यवहार गरेका हुन् ।
लिली एफ नाम गरेकी ती विधवा ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपतकालीन कक्षामा एक्सरेका लागि पर्खिरहेकी थिइन् ।
र, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । बरु बृद्धालाई अस्पताल लैजान सहयोग गरेको बताएका छन् ।
लिली एफ सेवानिवृत्त बस्ने एउटा घरमा बस्दै आएकी थिइन् । भुईमा ढलेपछि उनी एक्सरे गर्न भन्दै अस्पताल पुगेकी थिइन् ।