नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया