फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन्।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो। फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाई छ। यहाँका स्वास्थ्य मन्त्रीले अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिनुभएको छ।

यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ। फ्रान्समा पछिल्लो सयममा दिन प्रतिदिन कोभिडका सङ्क्रमित बढेका छन्। फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन्।

तपाईको प्रतिक्रिया