शुक्रबार(आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।

हिजो विहिबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो विहिबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया