भारतमा लोकसेवा फेल भएपछि रुष्ट बनेका विद्यार्थीको भिडले रेलमा आगजनी गरेको छ।

सरकारी रेलवे सेवा सम्बन्धी आरआरबी–एनटीपीसी परीक्षामा फेल भएका विद्यार्थीहरुले बुधबार हिंस्रक आन्दोलन गर्दै रेलमा आगो सल्काएको हो।

बीबीसीहिन्दीका अनुसार गया जक्सनमा रहेको रेलमा आगो लागेको छ। सो रेलको २० डिब्बाको ढोकामा पनि तोडफोड गरिएको छ।

विद्यार्थीको भिडलाई नियन्त्रण गर्न बिहारका प्रहरीले २० गोली चलाएको जनाइएको छ। अधिकारीहरुका अनुसार १० हजारले परीक्षाको परीणाको विरुद्धमा नारा लगाएका थिए र प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया