नेपाली बजारमा बिहीवार सुनकाे मूल्य घटेकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९३ हजार ५०० तोकिएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ ।

त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २९० कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया