भारत बिहारस्थित बक्सर जिल्लामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ । यस्तै  अन्य चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ।

बक्सर जिल्लाको डुमराव विधानसभा अन्तर्गत पर्ने अन्सारी नाम गाउँमा यो घटना भएको हो। बक्सर प्रहरीले घटना बारे जाँच गरिरहेको बताइएको छ ।

बिहारमा रक्सीमाथि प्रतिबन्धन भए मानिसहरुले घरेलु मदिरा उत्पादन र सेवन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया