छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिएपनि मृत्यु हुनेको सङ्ख्या भने बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७२ हजार ४३३ जनामा ​​कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १००८ जनाको मृत्यु भएको हो ।

दैनिक सङ्क्रमित दर परीक्षण गरिएको सङ्ख्याको १०.९९ प्रतिशत रहेको छ । त्यहाँ एकैदिन २ लाख ५९ हजार १०७ जना कोरोना सङ्क्रमणबाट निको भएको छ । योसँगै भारतमा सक्रिय कोरोना सङ्क्रमितको घटिरहेको छ । हाल भारतमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ लाख ३३ हजार ९२१ रहेको छ ।

हालसम्म कोरोना सङ्क्रमणबाट कूल ४ लाख ९८ हजार ९८३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया