साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य १ सयले वृद्धि भइ ९४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार प्रतितोला तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ ।

महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ ।

तपाईको प्रतिक्रिया