भारतमा गत २४ घण्टामा २८ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा थप ६८ हजार २ सय ४१ जना कोरोना संंक्रमित कोरोना मुक्त भएका छन् । त्यस्तै,गत २४ घण्टामा थप २ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ ।

योसँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८ हजार २ सय ६९ पुगेको छ ।भारतमा हाल ५ लाख ७० हजार जना सक्रिय संक्रमित भएको भारतीय संचार माध्यमले जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण दर भन्दा पनि कोरोना संक्रमण भएका संक्रमित मुक्त हुनेको संख्या दोब्बरले बढेको भारतीय संचार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया