विश्वकप क्रिकेटको छनोट अन्तर्गत ग्लोबल छनोटमा शनिबार नेपालले आफ्नो समूहको कमजोर टिम फिलिपिन्ससँग खेल्दै छ।

समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो। फिलिपिन्सले आफ्नो पहिलो खेलमा क्यानडासँग ११८ रनको पराकिलो हार व्यहोरेको थियो।

नेपाली समय अनुसार ११:४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुनेछ।

समूहको बलियो टिम ओमानलाई हराएको नेपाल आत्मविश्वासी भएर मैदान छिर्ने छ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरूमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ। त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया