भारतको राजस्थानमा जन्ती गएको कार नदीमा खस्दा बेहुलासहित ९ जनाको मृत्यु भएको छ ।

जानकारी अनुसार जन्ती चौथको बरवाडाबाट उज्जैन जाँदै थियो । नदीमा डुबेको कारमा बेहुला सहित ९ जना चढेका थिए । सबैको मृत्यु भएको छ । सूचनापछि घटनास्थल पुगेको उद्धार टोलीले कारलाई बाहिर निकालेको छ ।

चौथको बरवाडाबाट किशनलालका छोराको जन्ती इन्दौरको लागि हिँडेको थियो । जन्तीमा गएका गाडीहरुमध्ये एउटा कारको सन्तुलन बिग्रिएपछि चम्बल नदीमा कार खसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया