मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय सहयोगी सस्था ‘हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट’ले शुद्ध खानेपानी आयोजना निर्माण सम्पन्न गर्दै विद्यालयलाई हस्तान्तरण गरेको छ ।

शुद्ध खानेपानीको व्यवस्थापन गर्नका लागि निर्माण गरिएको परियोजनाको एक कार्यक्रमका बीच आइतबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरे । उद्धाटन लगत्तै परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

मन्त्री कार्कीले विद्यार्थीलाई पढ्ने वातावरण सृजना गर्नका लागि खेलकुदका सामग्री, बाल उत्थान लागायतका संरचना निमार्ण गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्का लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।

 

कार्यक्रममा रतुवामाइ नगरपालिकाका मेयर रविन राइले अन्तर्राष्ट्रिय संस्थाले प्लान्ट निर्माण गरेकोमा धन्यवाद व्यक्त गरे । उनले नगरका सार्वजनिक स्थानहरुमा यस्तै प्लान्ट स्थापना गरिने बताए ।

 

परियोजनाका निर्देशक इलियास हसन चौधरीले विश्व भरी नै यस्ता परियोजना सञ्चालनमा रहेको बताए । खानेपानी आयोजना छ लाखको लागतमा तयार भएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया