मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सयले बढेर तोलाको ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९६ हजार २ सयमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १३१५ मा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया