आसन्न दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि विराटनगर सिटी एफसीले विष्णु गुरुङलाई नियुक्त गरेको छ । विराटनगरले बिहीबार प्रेस विज्ञप्तीमार्फत् गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

गत सिजन विराटनगरले भारतीय प्रशिक्षक यान ललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । अब भने विराटनगरको प्रशिक्षण गुरुङले सम्हाल्ने भएका छन् । यसअघि गुरुङले सहिद स्मारक ए डिभिजन लिगमा सङ्कटा क्लबको नेतृत्व गरेका थिए ।

यस्तै, विराटनगरले मार्की खेलाडीका रूपमा रञ्जित धिमाललाई निरन्तरता दिएको छ । गत सिजन पनि उनी विराटनगरमै थिए । विराटनगरले विदेशी खेलाडी उलरिच सेवालाई पनि पुनः क्लबमा आबद्ध गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया