उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्तलाई २ लाख ६६ हजार २५० कित्ता अर्थात् २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

तपाईको प्रतिक्रिया