भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएको हो ।

भारतमा एक सातामा तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढेको हो । एक दिनको राहतपछि शुक्रबार तेल कम्पनीहरूले पेट्रोलमा ८० पैसा र डिजेलको मूल्य ७५ पैसा भारुले बढाएको हो । नयाँ दर आजदेखि लागू भएको छ ।

दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ । भारतमा गत चार दिनमा पेट्रोल र डिजेलको मूल्य २.४० रुपैयाँले बढेको छ । मूल्य बढेपछि राजधानी दिल्लीमा पेट्रोल ९७.८१ भारु र डिजेल ८९.०१ प्रतिलिटर पुगेको छ । मुम्बईमा पेट्रोल ८४ पैसाले बढेको छ ।

भारतका प्रत्येक राज्यमा स्थानीय करको दर फरक-फरक भएका कारण त्यहाँ पेट्रोलियम पदार्थको मूल्य राज्यअनुसार छुट्टाछुट्टै हुन्छ ।

भारतमा एक सातामा तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढेको छ । एक दिनको राहतपछि शुक्रबार तेल कम्पनीहरूले पेट्रोलमा ८० पैसा र डिजेलको मूल्य ७५ पैसा भारुले बढाएको हो । नयाँ दर आजदेखि लागू भएको छ । अहिले दिल्लीमा पेट्रोल ९७ दशमलव ८१ रुपैया÷लिटर र डिजेल ८९ दशमल शून्य सात रुपैयाँ भारु प्रतिलिटर भएको छ ।

मङ्गलबार घरेलु ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँ भारु बढाएको छ । बिहार, मध्यप्रदेश, झारखण्ड, उत्तर प्रदेश र छत्तीसगढमा १४ दशमलव दुई केजीको ग्यासमा सब्सिडी भएपनि प्रति सिलिन्डरको मूल्य बढेर प्रतिसिलिन्डर एक हजार रुपैयाँ भारुभन्दा माथि पुगेको छ ।

तपाईको प्रतिक्रिया