चिनियाँ विदेशमन्त्री वाङ यी आज (शुक्रबार) नेपालको भ्रमणमा आउँदै छन्। हाल भारतमा रहेका वाङ परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा आज नेपाल आइपुग्ने भएका हुन्।
उनी आइतबारसम्म नेपालमा रहने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने कार्यसूची छ।
साथै चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ।























