नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
आज बिहान उनीहरूबीच होटल मेरियटमा भेटवार्ता भएको हो।
भेटवार्तामा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी छन्।
यसअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
आजै विदेशमन्त्री यीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। विदेशमन्त्री यी आज स्वदेश फर्कनेछन्।























