अफगानिस्तानको राजधानी काबुलस्थित विद्यालयहरुमा बम विस्फोटन गराइँदा ६ जनाको मृत्यु भएको छ।

विद्यालयमा भएका श्रृंखलावद्ध बम आक्रमणमा अन्य ११ जना घाइते भएको सीएनएनले जनाएको छ।

खबरअनुसार मंगलबार काबुलको पश्चिमी क्षेत्रका केही विद्यालयहरुमा आक्रमण भएको पाइएको छ।

यस घटनाको कुनै समूहले जिम्मा लिएको छैन। विद्रोही शक्ति तालिबान सत्तामा आएपछि अफगानिस्तानमा यस्ता विस्फोटनको घटना घटेका थिए।

यसअघि तालिबानले यस्ता विस्फोटन गराउँदै आएका थिए। यतिबेला आईएस–के भन्ने समूहले त्यहाँ तालिबानविरुद्ध आफूले अभियना थाल्ने चेतावनी दिएको थियो।

तपाईको प्रतिक्रिया