भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा केही बालबालिका पनि छन् । घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५० –५० हजार भारतीय रुपैयाँ दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया