इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ ।साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ। ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ।
आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । यहाँको तासनिम समाचार समितिले दिएको समाचार अनुसार सो भवनमा परेकाहरुको उद्धारको कार्य भने जारी रहेको छ । इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले दिएको जानकारीअनुसार सो प्रान्तको अब्दान सहरमा सो दुर्घटना भएको हो।
सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरको बीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ ।हराएकाहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ।
तर भवनको बाँकी भाग पनि भत्किएला जस्तो रहेकाले निकै सावधानीपूर्वक उद्धारको काम गरिरहनुपरेको अधिकारीहरुले जनाएका छन्।